2026-06-20 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्दोलन नियन्त्रणबाहिर गए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी

2016-11-26

मङ्सिर ११, काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. गोविन्द केसीका सही माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । १३ दिनदेखि आमरण अनशनरत डा. केसीको ज्यान जोखिममा भएकाले उनका पक्षमा हुने चिकित्सकहरूको आन्दोलन नियन्त्रणबाहिर गए यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी पनि उनले दिए ।

चिकित्सक संघले डा. केसीको सत्याग्रहको निकासका लागि शनिबार आफ्ना पूर्वअध्यक्ष/महासचिव, पदाधिकारी, उपत्यकाका अस्पताल प्रमुख, चिकित्सकलगायतको बृहत् भेला डाकेको छ । ‘केसीका यसअघिका ९ अनशनमा चिकित्सक संघको प्रत्यक्ष समर्थन थियो,’ डा. श्रेष्ठले भने, ‘बृहत् भेलाले अबको आन्दोलन तय गर्छ ।’ चिकित्सक संघले बारम्बार आग्रह गरे पनि सरकारले अहिलेसम्म डा. केसीसँग वार्ता गर्न समितिसमेत बनाएको छैन । डा. श्रेष्ठले सरकारले तुरुन्त वार्ता समिति गठन गर्नुपर्ने बताए ।

यसैबीच चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित विभिन्न ८ संघसंस्थाले डा. केसीका माग पूरा गराउनका लागि आन्दोलनको नेतृत्व लिन चिकित्सक संघलाई लिखित आग्रह गरेका छन् । १३ दिनसम्म अनशन बस्दा पनि राज्यले संवेदनशीलता नदेखाएको भन्दै उनीहरूले परिस्थितिको गम्भीरता बुझी तुरुन्त कडा कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

यसरी आग्रह गर्नेमा नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, नेसनल डाक्टर्स एसोसिएसन, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, सोलिडारिटी फर डा. केसी अलायन्स, डाक्टर्स सोसाइटी अफ नेपाल, रेजिडेन्टस एसोसिएसन अफ न्याम्स र सोलाडारिटी अफ मेडिकल फयाटर्निटी छन् । डा. केसीको आमरण अनशनको समर्थनमा बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थानबाट र्‍याली निस्केको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ