2026-09-21 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

कात्तिक १८, काठमाडौं | स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।

लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ । पिके लामो समय देखि बार्सिलोनाको मुख्य डिफेन्डरको भूमिका छन् ।

सन् २००८ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोनामा आएका उनले क्लबका लागि धेरै उपाधिहरू जिताएका छन् । बार्सिलोनाका लागि उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले आठ ला लिगा उपाधिसहित क्लबका लागि ३० ट्रफी जितेका छन् ।

खेल जीवनको अन्त्य बार्सिलोनाबाट नै गर्ने बताएका पिकेले अन्तिम खेल पनि बार्सिलोनाबाट नै खेल्ने भएका हुन् । ‘बार्सिलोनाबाट नै खेल जीवनको अन्त्य हुनेछ । मैले चाहेको पनि यही हो । हालसम्मको यात्राका लागि सबैलाई धन्यवाद,’ पिकेले भनेका छन् ।

पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् ।  स्पेनका लागि १०२ खेल खेलका छन् । उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । पकेले स्पेनबाट २०१२ को युरोकप र २०१० को विश्वकप जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो