२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने, सार्वजनिक समारोह, विवाह, उत्सवमा मदिरा निषेध

२०७३, ११ फाल्गुन बुधबार ०१:३३

फागुन ११, काठमाडौं | सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ ।

सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ । नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । फुटकर मदिरा किन्नेले एक दिनमा न्यूनतम एक लिटरभन्दा बढी खरिद गर्नसमेत बन्देज लगाइएको छ ।

सार्वजनिक क्षेत्र एवं कार्यस्थलनजिक मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यवस्था पनि नीतिमा छ । सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरन्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्त्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने भएको छ । मदिरा बोतलको न्यूनतम ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता चेतावनीमूलक सन्देश हुनुपर्ने छ । यस्तै बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र यसको गुणस्तरसमेत उल्लेख गरिनुपर्ने छ ।

छापा, विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, ईमेल, होर्डिङ बोर्डलगायत कुनै पनि सञ्चारमाध्यम वा तरिकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवद्र्धन, बजारीकरण गर्न नपाइने व्यवस्था नीतिमा गरिएको छ । यस्ता सूचना, चित्र, सन्देश, सामग्री, विज्ञापन, प्रायोजन मात्र नभई समाचार प्रकाशन र प्रसारण कार्यलाई समेत निषेध गरिएको छ । नीतिमा चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरन्जनात्मकरसमाचारमूलक वा प्रायोजनात्मक श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग वा ब्रान्ड, लोगो अन्य परिचय झल्कने गरी मदिराको प्रवद्र्धन हुने गरी अभिनय वा विज्ञापन वा प्रचारप्रसार गर्नसमेत निषेध गरेको छ ।

‘मदिरा नीतिमा भएको व्यवस्था कार्यान्वयन, अनुगमन र कारबाहीका लागि स्थानीयस्तरमै छुट्टै संरचना र सञ्जालसमेत निर्माण गरिने छ,’ स्वास्थ्यमन्त्री गगन थापाले कान्तिपुरसँग भने, ‘यो नीति लागू भएर मदिरा नियन्त्रण हुँदा नसर्ने रोगले हुने मृत्युदर र स्वास्थ्य जटिलतामा उल्लेख्य कमी आउने छ ।’ मृगौला, मुटु, कलेजोका रोग तथा क्यान्सरजस्ता नसर्ने रोगको उपचारमा बर्सेनि अर्बौं खर्च हुने गरेको बताउँदै उनले भने, ‘क्षणिक लाभका लागि मदिरा, चुरोट आदिबाट आउने करलाई बढी महत्त्व दिने स्थिति समाप्त गर्नुपर्छ । मदिरा र चुरोटको करबाट सरकारले जति कमाउँछ त्योभन्दा बढी यसले जन्माउने रोगको उपचारमा खर्च हुने गरेको छ ।’ विश्वभरि नै २० देखि ३९ वर्षको उमेर समूहमा हुने कुल मृत्युको २५ प्रतिशत मदिराले गर्दा हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक रहेको पनि उनले बताए ।

यो नीति कार्यान्वयनका लागि कानुनको मस्यौदा बनाउने कामसमेत सुरु भइसकेको छ । स्वास्थ्य मन्त्री थापाका अनुसार करिब एक महिनाभित्र उक्त कानुनी व्यवस्थालाई संसद्मा पुर्‍याइने पनि थापाले बताए । नीतिमा गर्भवती महिलालाई मदिरा खरिद बिक्री र सेवन गर्नसमेत निषेध गरिएको छ । यस्तै, बालबालिका र महिलालाई बलजफ्ती मदिरा खुवाउन नपाइने पनि उल्लेख छ । नीतिमा कुनै पनि मदिरा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या आएको वा मृत्यु भएको प्रमाणित भए उत्पादकको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुका अतिरिक्त क्षतिपूर्तिसमेत भराइने व्यवस्था गरिएको छ । मुटु, कलेजो र विभिन्न प्रकारको क्यान्सरको मूल कारण मदिराको हानिकारक सेवन रहेकाले सरकारले यसलाई नियन्त्रण गर्न मदिरा नीति ल्याएको हो ।

डब्लूएचओका अनुसार बर्सेनि विश्वभरिमा ३३ लाखको मृत्यु मदिराको हानिकारक उपयोगले गर्दा हुन्छ । यो संख्या विश्वभरि हुने समग्र मृत्युको ५.९ प्रतिशत हो । मदिराको हानिकारक उपयोग दुई सय रोग र चोटपटक हुने अवस्थाको कारक हो । विश्वव्यापी रूपमा हुने ५.१ प्रतिशत रोग र चोटपटकको जिम्मेवार मदिरा सेवनलाई मानिन्छ । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा