<p><b>चैत २०, ललितपुर ।</b> ललितपुरको जावलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट कार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको छ ।<br></p><p>नेकपाद्धारा आयोजित पार्टीको ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिषरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए ।</p><p>ती प्रहरीलाई नेकपाका कार्यकर्ताले कार्यक्रम नसकिउन्जेल काठामा थुनेर राखेका थिए । जासुसी गर्न आएको भन्दै प्रहरीप्रति कार्यकर्ता रिसाएका थिए । -अन्नपूर्ण पोस्ट दैनिक </p>
Related News


