चैत २१, काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको खुलेको छ ।

नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्याउने गरेका छन् ।

साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्बजनिक भएपछि केही वर्ष अघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो ।

विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।

‘मलाई कुबेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्याए । त्यसपछि साउदी,’ साउदी अरेबियास्थित नेपाली दूताबासको सेल्टरमा रहेकी एक महिलाले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुबेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’

ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूताबासले आफ्नो सेल्टरमा ल्याएको हो । साउदीस्थिति नेपाली दूतावासका कार्यवाहक राजदुत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले १६ जना महिला छन् । उनीहरु सबैलाई उद्धार गरी ल्याइएको हो । -नागरिक दैनिक

Related News