बैशाख १, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहिबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् ।

उनले दिएको शुभकामना सन्देशमा भनिएको छ- अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानू समयको माग हो । विगत एधार वर्ष के कसरी विते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपूगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’

‘२०६३ सालमा जन चाहनालाई विचार गरि राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनूसार संसद पूनस्र्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पूनस्र्थापना पछि पूर्वसहमति प्रतिकुल निर्णय हूँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापुर्वकसाथ दिएका हौं ।

यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तूलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहना वमोजिम शान्ति, स्थिरता र संवृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनूभुति जनताले गर्नू परिरहेको छ । -नेपाल समाचारपत्र दैनिक