चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक युवा समुहका अध्यक्ष बेचन लामाको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा लामो भाषण भन्दा पनि बढी साँस्कृतिक प्रस्तुतिमै केन्द्रित रह्यो ।

शुभकामना तथा सम्मान कार्यक्रममा बिभिन्न सांस्कृतिक महत्वका व्यक्तित्वका साथै समाजसेवी तथा संचारकर्मी सहित सांस्कृतिक युवा समुहमा सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । शुभकामना दिने क्रममा प्राय सबै बक्ताहरुले २०७४ सालमा नयाँ निर्वाचन हुँदै गरेको र त्यसले देशको समृद्धिको ढोका खोलोस, सबै नेपालीहरुमा एकताको भावना बढेर जावस भन्ने कामना गरे । शुभकामना मन्तब्य दिने क्रममा सांस्कृतिक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति बेचन लामाले २०७४ ले देशमा ठुलो परिवर्तन र जनतामा सुख शान्तिको कामना गरे । उनले सबैमा एकता र अपनत्वको भावना जगाउने उध्यश्यले कार्यक्रम गरेको बताए ।

कार्यक्रमको अवसरमा सांस्कृतिक युवा समुहका सदस्यहरुले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए ।