जेठ ३०, काठमाडौं । २३ जेठमा प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा तीनपटक प्रचण्डको निजी निवास लाजिम्पाट पुगिसकेका छन् ।

२४ जेठमा प्रधानमन्त्रीको शपथ ग्रहणपछि पदभार हस्तान्तरण सकेलगत्तै उनी लाजिम्पाट पुगेका थिए ।

त्यसबेला देउवा प्रचण्डसँग २० मिनेट छलफल गरेर बाहिरिएका थिए । प्रधानमन्त्री देउवा अझै बालुवाटार सरिसकेका छैनन् । त्यही भएर पनि छलफलका लागि देउवा सीधै प्रचण्ड निवास पुग्ने गरेका छन् ।

दोस्रोपटक २७ जेठ र तेस्रो पटक २९ जेठमा देउवा लाजिम्पाट पुगेका छन् । -नयाँ पत्रिका दैनिक