असार २, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरूद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलले व्यवस्थापिका संसदमा अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रमुख दलका दुई गठबन्धन नयाँ सरकारबारे आमनेसामने देखिएका छन् ।

दुवै पक्ष संख्याको खेलमा भन्दा संवैधानिक प्रश्न उठाएर विभाजित छन् । प्रधानमन्त्री ओली र नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस माओवादी संविधानको धारा २९८ लाई आफू अनुकुल व्याख्या गरिरहेका छन् । दुबै पक्ष आफ्नो पक्षमा परिणाम नआए अप्रिय बाटोतिर अग्रसर हुनेबारे कानुनविदहरूसँग परामर्शमा छन् ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली आफूमाथि अविश्वासको प्रस्ताव पारित भए राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गर्नेसम्म विषयमा निकटस्थ र कानुनविद्हरूसँग छलफलमा छन् भने कांग्रेस माओवादीसमेत त्यस्तो अवस्थामा के गर्ने भन्ने विकल्पबारे परामर्समा छन् । -नागरिक दैनिक

Related News