भदौ १६, काठमाडौं | गैरसरकारी संस्थाको आवरणमा अपारदर्शी आर्थिक कारोबार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

अनुसन्धानकै क्रममा व्युरोले ३ करोड १७ लाख ४६ हजार रुपैयाँ अपचलन गर्ने बुद्धिष्ट जनअधिकार मञ्च नेपालका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरेको छ।

०७० सालमा दर्ता भएको उक्त संस्थाले भूकम्प प्रभावितका नाममा संकलित रकम राहतथ वितरणको किर्ते भर्पाइ बनाएर हिनामिना गरेको पनि खुलेको छ।

राहत विरतरणको किर्ते कागजात बनाउन कतिपय जिल्ला प्रशासन र गाविसका कर्मचारीमाथि पनि व्युरोले अनुसन्धान थालेको छ । – कारोबार दैनिक