सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन "/>

2026-11-01 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठान बिधुत प्राधिकरणमा झन्डै ५६ लाख बक्यौता

सलिम अन्सारी/भदौ १५, प्युठान । जिल्ला स्थित बिधुत प्राधिकरणका ग्राहकले समय मै बिधुत महसुल बुझाएका छैन्न । 

९० दिन काटिसकेका नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बिजुवार अन्तर्गतका ग्राहक र सरकारी कार्यालयले समय मै महसुल नबुझाएका हुन । यस अन्तर्गतका ग्राहकबाट झन्डै ५५ लाख ६१ हजार ७ सय ६२ रुपैयां बिधुत महसुल उठ्न बांकी रहेको छ।यस्मा सबैभन्दा बढी जिल्ला स्वास्थ्य कार्यालय प्युठानको बक्यौता बांकी छ ।

जिल्ला स्वास्थ्य कार्यालय र यस मातहातका जिल्लाका विभिन्न गाउँ बिकास समितीमा रहेका इकाइ कार्यालयहरुले लामो समय देखि बिधुत महसुल नबुझाएको प्राधिकरण कार्यालयले बताएको छ।कार्यालयले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालयले १३ लाख ७९ हजार रुपैया महसुल बुझाउन बांकी रहेको छ । 

अन्य सरकारी कार्यालयको हकमा भने अधिकाशं कार्यालयले अगृम रुपमा महसुल बुझाएकाले बक्यौता बांकी नरहेको कार्यालय श्रोतले बताएको छ।”एड्भान्स रकममा उल्टै हामिले चुक्ता गर्नुपर्ने देखिएको छ । “कार्यालय श्रोतले भन्यो ।

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख दधिकृष्ण शाहले स्वास्थ्य बिभागबाट बिधुतका लागि प्राप्त हुने रकम  अपुग हुँदा महसुल भुक्तानी दिन नसकिएको बताए।बिभागबाट निकासा हुने रकम प्रयाप्त नहंदा र अस्पतालमा बिधुतको खपत बढी हुने कारणले यो रकम रहन गएको हो । उनले भने ” तिर्दै नतिरेको भने होइन,आए जति रकम त बुझाएकै छौं नि ।”

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र प्युठानमा १६ हजार ३ सय २ जना ग्राहक छन । 

उर्जा मन्त्रालयको निर्देशन पश्चात् बक्यौता रकम असुल गर्न थालिएको नेपाल बिधुत प्राधिकरण बिजुवार केन्द्रका प्रमुख कृष्णहरि दाहालले जानकारि दिए । महसुल तिर्न बांकी रहेका ग्राहकलाइ समय मै बिधुत महसुल बुझाउन आउन भनी पत्र काटिएको दाहालले बताए । 

महसुल बुझाउन सरकारी कार्यालयलाइ भने १ हप्ता समय दिने प्राबधान रहेको उनले बताए।जिल्लामा समय मै महसुल नतिरेका १७ जना ग्राहकको बिधुत लाइन काटिएको छ।उनिहरुलाइ कालोसुचिमा राखिएको बितरण कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

कालोसुचिमा पर्ने र लाइन काटिएका ग्राहकहरुबाट मात्र गरि जम्मा २ लाख ५० हजार रुपैयां भन्दा धेरै बिधुत महसुल उठ्न बांकी रहेको उनले बताए।प्युठान जिल्लामा हाल ३ मेगावाट बिधुत आपुर्ती भैरहेको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द