भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यम"/>

2026-06-16 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक खर्ब थपेर पूरक बजेट ल्याउने सरकारी तयारी

2016-09-06

भदौ २१, काठमाडौँ । अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यमा जुटेका हुन् । 

नगद मौज्दात मुख्य स्रोत गत आर्थिक वर्षको बजेटबाट ६९ अर्ब रुपैयाँ थप रकम सरकारी खातामा आएपछि सरकारले यसैलाई पूरक बजेटको मुख्य स्रोतको रूपमा परिचालन गर्न लागेको हो ।

‘सरकारले चालू आव ०७२/७३ को बजेटमा अनुमान गरेभन्दा थप ६९ अर्ब रुपैयाँ ट्रेजरीमा थपिएको छ, यो मुख्य स्रोत हो,’ राष्ट्रिय योजना आयोग उच्च स्रोतले भन्यो, ‘त्यसबाहेक राजस्व पनि बढ्ने सम्भावना छ, त्यसैलाई प्रयोग गरेर पूरक बजेट ल्याउन सकिन्छ ।’ गत वर्षको बजेटबाट चालू आवमा ५९ अर्ब ४१ करोड रुपैयाँ नगद मौज्दात थपिने अनुमान सरकारले यसअघि गरेको थियो ।

तर, गत आवमा बजेट खर्च हुन नसक्दा सरकारी खातामा एक खर्ब २८ अर्ब रुपैयाँ थपिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेटमा अनुमान गरिएभन्दा धेरै रकम थुप्रिएको छ, यसको प्रयोग गर्न पूरक बजेट ल्याउने कुरा भएको हो,’ स्रोतले भन्यो, ‘स्रोत अभाव भएको भए अर्को कुरा हुन्थ्यो, भएको स्रोत उपयोगका लागि अर्को बाटो छैन ।’

राजस्व २५ प्रतिशतले बढाउने दाबी सरकारले गत आवमा चार खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलनको अनुमान गरेको थियो । तर, पाँच महिना लामो नाकाबन्दीका बाबजुद पनि चार खर्ब ८२ अर्ब राजस्व संकलन भयो । आर्थिक वर्ष सकिनु ४५ दिनअघि नै आएको चालू आवको बजेटमा यो वर्ष पाँच खर्ब ६५ अर्ब रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखिएको छ ।

यो रकम गत आवको संकलित राजस्वभन्दा १७ प्रतिशतले धेरै हो । चालू वर्षको अवस्था सामान्य रहेकाले राजस्वको आकार २५ प्रतिशतले बढ्ने अनुमान अर्थ मन्त्रालयको छ । ‘सचिवज्यूले पदबहाली गर्दै २५ प्रतिशतसम्म राजस्व बढाउन सकिने बताउनुभएको छ,’ अर्थका एक सहसचिवले भने ।

बिहीबार सरुवा भएर अर्थ मन्त्रालय पुगेका सचिव डा. शान्तराज सुवेदीले सोमबार पदबहाली गरेका थिए । सचिव सुवेदीले भनेअनुसार राजस्वको आयतन बढे चालू आवमा ६ खर्ब दुई अर्ब राजस्व संकलन हुन्छ ।

स्रोतका अनुसार यसैलाई आधार मानेर सरकारी स्रोतमा अनुमान गरेभन्दा थप ३७ अर्ब थपिने प्रक्षेपण योजना आयोग र अर्थ मन्त्रालयको छ । ३७ अर्बको अतिरिक्त राजस्व संकलन र ६९ अर्बको नगद मौज्दातलाई आधार मानेर सरकारले एक खर्बको पूरक बजेट ल्याउने तयारी थालेको स्रोतको दाबी छ ।

अनुमानअनुसार राजस्व संकलन भए नगद मौज्दात र राजस्व गरी प्रक्षेपणभन्दा धेरै एक खर्ब ६ अर्ब रुपैयाँ खातामा जम्मा हुनेछ । स्रोतका अनुसार योजना आयोगले पूरक बजेटका लागि आवश्यक रकम जोहो हुने आधार अर्थमन्त्री र प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ