2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेलाई ‘क्लिन चिट’ दिने प्रहरी र सरकारी वकिलको विरुद्द अख्तियारमा उजुरी दर्ता

चैत ६, काठमाडौँ | दोहोरो राहदानीसम्बन्धी विवादमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 'क्लिन चिट' दिने प्रहरी र सरकारी वकिलको विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले महान्यायाधिवक्ता,प्रहरी र सरकारी वकिलविरुद्द आज अख्तियारमा निवेदन दर्ता गराएका हुन् । सी-०४८३०१ दर्ता नम्बर रहेको निवेदनमा मुद्दा चलाउन यथेष्ट प्रमाण हुँदाहुँदै सरकारी मिलेमतोमा लामिछानेलाई उन्मुक्ति दिइएको दावी गर्दै अनुसन्धानको सक्कल मिसिल झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन माग गरिएको छ । 

 युवराजले जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर कार्की, मुद्दा शाखाका एसपी, डिएसपी र अनुसन्धान अधिकृतसमेतको मिलेमतोमा लामिछानेलाई सफाई दिन जिल्ला वकिलको कार्यालयमा गलत प्रतिवेदन बुझाइएको जिकिर गरेका छन् । 

'तत्कालिन अमेरिकी नागरिक रवि लामिछानेले अमेरिकी नागरिकता कायम हुँदै राहदानी विभागलाई गुमराहमा राखेर नेपालि राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा राहदानी दुरुपयोगसम्बन्धी फौजदारी कसूरमा किटानी जाहेरी दिएको थिएँ । तर, हालसालै जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर कार्की, मुद्दा शाखाका एसपी, डिएसपी, अनुसन्धान अधिकृतसमेतको मिलेमतोमा सफाई दिनुपर्छ भनि जिल्ला वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको पाइयो', निवेदनमा भनिएको छ । 

मुद्दा चल्ने यथेष्ट प्रमाण हुँदाहुँदै कसूरदारलाई पक्राउ नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा फौजदारी कसुरका कसूरदारलाई उम्क्याउन प्रहरीले आफ्नो अख्तियारीको गलत प्रयोग गरेकाले तत्काल अनुसन्धान प्रतिवेदनको सक्कल मिसिल झिकाई आवश्यक अनुसन्धान गरी दोषी प्रहरी अधिकारीहरुलाई कारवाही गर्न युवराजले माग गरेका छन् ।  

त्यस्तै, सर्वोच्च अदालतको  संवैधानिक इजलासले समेत राहदानी ऐन २०२४ र २०७६ बमोजिम लामिछानेको राहदानीसम्बन्धी मुद्दा निरुपण गर्नुपर्ने फैसला गरेको स्मरण गराउंदै निवेदनमा महान्यायाधिवक्ता, उच्च सरकारी वकिलको कार्यालय र सरकारी वकिलको कार्यालय काठमाडौँ पनि यसका मतियार रहेको दावी गरिएको छ ।   

'जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका प्रमुख अच्युतमणि न्यौपाने, उच्च सरकारी वकिल कार्यालय पाटनका कार्यालय प्रमुख कृष्णमोहन कोइराला र महान्यायाधिवक्ता कार्यालयका प्रमुख दिनमणि पोखरेलले समेत पदीय दायित्व एवम् अख्तियारी दुरुपयोग गरि लामिछानेलाई क्लिनचिट दिने निर्णय गरेकाले त्यससम्बन्धी सक्कल फाइल झिकाई अनुसन्धान गरी हदैसम्मको कारवाही गरिपाउँ', निवेदनमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक