त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्गलोर उड्न लागेकाका एक युवक समातिए!

साझासवाल
1 Min Read

जेठ १९, काठमाडौँ | अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक युवक समातिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। पक्राउ पर्ने जनकपुर उप महानगरपालिका-१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी हुन्।

नेपाल एयरलाइन्सको उडानबाट बैङ्गलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याडण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्रेको हो। डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको दावी छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।

Share This Article
Leave a Comment

Leave a Reply