अर्थमन्त्रीबारे ओलीको टिप्पणी : कसम खाने बानी रहेनछ राम्रो लाग्यो

साझासवाल
1 Min Read

जेठ २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् ।

‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन्’, ओलीको भनाइ छ ।

उनले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए ।

‘करका दर बढ्नेवाला छ । त्यसैबेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् ?’, ओलीले प्रश्न गर्दै भने,  ‘व्यापारीहरु छक्का पञ्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’

उनले पारीपटिट गाडी राखिने र करका दर बढ्दैछ भने वारी छिराउने नभए पारि नै राखिने गरेको बताए ।

Share This Article
Leave a Comment

Leave a Reply