धनुषामा गोठबाटै चाेरी भएकाे भैंसीसहित एकजना पक्राउ

साझासवाल
1 Min Read

जेठ २३, काठमाडौं | धनुषाको मिथिला विहारी नगरपालिका ६ पथरा टोलबाट चोरी भएको भैंसीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २१ गते राति पथरा टोलका सुबलाल यादवको गोठबाटै दुई वटा भैंसी चोरी भएको थियो । यादवले भैंसी भएको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय धनुषाधामले खोजतलास सुरु गरेको थियो ।

धनुषाधाम प्रहरीले खोजतलासको क्रममा चोरी भएको २ वटै भैंसी मिथिला विहारी नगरपालिका ७ तारापट्टीबाट नियन्त्रणमा लिएको छ । भैंसीलाई पैदल हिँडाई रहेको अवस्थामा सोही ठाउका ३७ वर्षीय बलि मुखिया पनि पक्राउ परेका हुन् ।

जनकपुरतर्फ ल्याउँदै गरेको अवस्थामा भैंसीसहित मुखियालाई नियन्त्रणमा लिएको र मुखिया नै चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका मुखियामाथि चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply