<p><b>जेठ ३२, काठमाडौँ |</b> नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् । <br></p><p>प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।</p>
Related News


