प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ

साझासवाल
1 Min Read

<p><b>असार १, काठमाडौँ |&nbsp;</b>प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।&nbsp;</p><p>कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ। शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो।</p><p>कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए। त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।</p>

Share This Article
Leave a Comment

Leave a Reply