<p><b>असार १, बागमती | </b>बागमती प्रदेश सरकारले चितवनमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि ५ करोड रकम विनियोजन गरेको छ ।<br></p><p>धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेर हाल स्थगित रहेको रंगशाला निर्माणको लागि बागमती प्रदेश सरकारले ५ करोड रुपैँया बजेट विनियोजन गरेको हो ।</p><p>प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रंगशाला निर्माणको लागि ५ करोड विनियोजन गरेको जनाएका हुन् ।</p>
Related News


