भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर स्पष्टीकरण सोध्नुपर्छ : सांसद सुवाल

साझासवाल
2 Min Read

असार ४, काठमाडौँ | भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा सांसदले आपत्ति जनाएका छन् । भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सुवालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताए । कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले अभिव्यक्ति दिएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले फिर्ता बोलाउन माग गरेका हुन् ।

'भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, 'डेब्ट ट्र्याप' मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो,' सुवालले भने, 'तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ।'

राजदूत शर्माको अभिव्यक्तिलाई लिएर सरकारले अहिलेसम्म कुनै कदम नचालेको सुवालको भनाइ थियो । 'सरकार के हेरिरहेको छ ? कस्तो परराष्ट्रमन्त्री ? परराष्ट्रमन्त्रीलाई कसले सुझाव दियो ?' उनले भने । सरकारले यसरी राजदूतलाई छुट दिन नहुने उनको भनाइ थियो ।

भारतसँग व्यापार घाटा कम गर्ने नाममा नेपालका नदीनाला दिन नहुने पनि सुवालले बताए ।

Share This Article
Leave a Comment

Leave a Reply