2026-10-24 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकै दुई धनी व्यक्त्ति एलन मस्क र बर्नार्ड आर्नल्टको भेट: ४७० अर्बको भोजन

एजेन्सी | विश्वका सबैभन्दा धनी दुई व्यक्त्ति एलन मस्क र बर्नार्ड आर्नल्टको भेट उनीहरूको भव्य र महँगो भोजनका कारण हाल चर्चाको विषय बनेको छ । शुक्रबार फ्रान्सको पेरिसस्थित सेभल ब्लांक मेसन होटलमा उनीहरूले लन्च गरेका थिए । इलन आफ्नी आमासँग र बर्नार्ड आफ्ना छोराहरूसँग लन्चमा उपस्थित थिए ।

बर्नार्डका छोरा एन्तोइनले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा इलन र बर्नार्ड पृष्ठभूमिमा आइफेल टावर देखिनेगरी उभिएका छन् । उनीहरूले खाजा खाएको होटल युरोपकै सबैभन्दा महँगोमध्येमा पर्छ । सेन नदीछेउ रहेको उक्त्त होटलका कोठाहरूलाई प्रतिरात ८ हजार पाउन्ड (करिब १० लाख ४८ हजार रुपैयाँ) पर्ने टेलिग्राफले जनाएको छ । भेटका क्रममा दुईले ट्विटर र विज्ञापनबारे छलफल गरेको बताइएको छ । बर्नार्डको कम्पनी एलभीएमएच विश्वको सबैभन्दा ठूलो विज्ञापनदातामध्ये एक हो ।

मस्क र आर्नल्टको कुल सम्पत्ति जोड्दा ४७० अर्ब डलर हुन्छ । ब्लुमबर्गको अर्बपति सूचीका अनुसार टेस्ला मालिक मस्कको सम्पत्ति जुन १५ सम्ममा २३७ अर्ब अमेरिकी डलर थियो । उनी विश्वकै सबैभन्दा धनी व्यक्त्ति हुन् । टेस्लाको सेयर मूल्य उल्लेख्य रुपमा बढेकाले यो वर्ष मस्कको कुल सम्पत्ति ९२.४ अर्ब डलरले वृद्धि भएको छ । टेस्लाबाहेक मस्कले अन्तरीक्षयान र भूउपग्रहसम्बन्धी काम गर्ने कम्पनी स्पेस एक्सबाट पनि राम्रो सम्पत्ति जोड्न सकेका छन् ।

त्यस्तै, विश्वका दोस्रो धनी व्यक्त्ति आर्नल्टको कुल सम्पत्ति २३३ अर्ब डलर छ । यो साल मात्रै ३४.८ अर्ब डलरको सम्पत्ति उनले थप आर्जन गरेका थिए । लुइस भुतो, टिफानीजस्ता फेसन ब्रान्ड उत्पादन गर्ने एलभीएचएमका प्रमुख कार्यकारी अधिकृत र शीर्ष व्यक्त्तिगत लगानीकर्तामध्ये एक हुन् । बर्नार्डकै कम्पनीले आयोजना गर्न लागेको प्रविधि सम्मेलनमा भाग लिन इलन फ्रान्स पुगेका हुन् ।

उनले यो साता राष्ट्रपति इम्यानुअल म्याक्रोँसँग पनि भेट गरिसकेका छन् । फ्रान्समा टेस्लाको कारखाना स्थापना गर्ने विषयमा इलन र म्याक्रोँबीच छलफल भएको बताइन्छ । शुक्रबार नै म्याक्रोँले ‘मिलेर काम गरौं’ ‘ह्यासट्याग फ्रान्स रोजौं’ भन्दै इलनसँग खिचेको तस्बिर ट्विटरमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने