असार ८, विराटनगर । इटहरी प्रहरीले दुर्लाभ वनस्पति यार्सागुम्वा अवैध रुपमा ओसार पसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ ।

८ किलो यार्सागुम्बा सहित सुनसरी धरान ३ की छजुङ्ग भोटेलाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीको तरहरास्थित कोशी सडक खण्डमा चेकजाँच गर्ने क्रममा भोटेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यार्सागुम्बा ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले को २ हा १०७ नम्बरको अटो र चालक पुष्पराज राईलाई समेत प्रहरीले निन्त्रणमा लिएको छ ।

धरानबाट इटहरी तर्फ आँउदै गरेको अटोलाई रोकी चेकजाँच गर्ने रातो रङको स्याउको कार्टुन भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ किलो २५० ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद भएको दुर्लभ बनस्पती यार्सागुम्बा आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय तरहरा सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ ।

Related News