जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया सुरु, प्रशासनले माग्यो यी कागजात

साझासवाल
1 Min Read

असार ८, काठमाडौँ | सर्वोच्च अदालतले नागरिकता ऐन कार्यन्वयनमा लगाएको यसअघिको अन्तरिम आदेश खारेज गरेलगत्तै तराई मधेशका जिल्ला प्रशासन कार्यालयहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई

वंशजको नागरिकता दिने प्रक्रिया थालेका छन् ।

सर्वोच्चको आदेशसँगै गत जेठ १७ गते राजपत्रमा प्रकाशित भएको नागरिकता ऐन र नागरिकता नियमावली २०६३ कार्यन्वयनमा गएको हो ।

जन्मसिद्धका सन्तानले बंशजको नागरिकता लिनका लागि वडा कार्यालयमार्फत कागजातहरु पूरा गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

बर्दिया जिल्ला प्रशासन कार्यालयले शुक्रवार जारी गरेको सूचनामा वडाको सिफारिस,बाबु र आमाको सक्कल नागरिकता,सक्कल जन्मदर्तालगायतका कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, नेपालमा नजन्म भई स्थाीय रुपमा नेपालमा बसोबास गरेको भनी वडाबाट सिफारिस गगर्ने र वडा सर्जमिन मुचुल्का पनि हुनुपर्ने उल्लेख छ ।

सबै जिल्ला प्रशासनले सोही बमोजिमको सूचना जारी गर्दै रहेको गृह मन्त्रालयले जनाएको छ । कसैको दाबीमा शंका लागेमा प्रशासनले गोप्य स्थलगत प्रहरी सर्जमिन मुचुल्का पनि गर्न सक्ने उल्लेख छ । आइतवारबाट नागरिकता दिने प्रक्रिया शुरु हुने बताइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply