जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भए:महामन्त्री थापा

साझासवाल
1 Min Read

<p><b>असार ९, काठमाडौँ | </b>नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। आज काठमाडौं आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भएको बताएका हुन्।<br></p><p>उनले कांग्रेस अहिले अलमलिएको अवस्थामा भएकाले गति लिन नसकेको स्पष्ट पर्दै भदौबाट काठमाडौं बाहिरका जनतासमक्ष जाने बताए।</p><p>गाउँमा द्वन्द्वकालमा माओवादीको डर र शहरमा शाही सेनाको डर हुँदा पनि कांग्रेसतिर मान्छेको आकर्षण भएको स्मरण गराउदै उनले अहिले कांग्रेसले संकल्प के हो स्पष्ट नहुँदा अलमल भएको धारणा राखे।</p>

Share This Article
Leave a Comment

Leave a Reply