Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘सेनिटाइजर’जस्तो तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु, दुई गम्भीर बिरामी

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार ९, बर्दिया | </b>बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।&nbsp;&nbsp;</p><p>साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>