<p><b>असार १०, काठमाडौँ | </b>पशुपतिनाथ मन्दिरमा रहेको सुनको जलहरी तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ। <br></p><p>दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । पशुपतिनाथमा चढाइएको १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरीमाथि छानबिन गर्न अख्तियारको अनुसन्धान अधिकृत सहितको टोली पशुपति पुगेको हो। </p><p>अख्तियारको टोली पुगेसँगै पशुपतिनाथको मूलगेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्राम सुन कम रहेको उल्लेख गरेको छ। </p>
Related News


