असारभित्रै बुढी गण्डकी जलविद्युत आयोजनाको उद्घाटन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

साझासवाल
1 Min Read

असार ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने प्रतिबद्धता गरेका छन्।

धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै असार महिनाभित्र कार्यालय र उद्घाटन हुने बताए।

यो आयोजनसँग सम्बन्धी अन्य क्षेत्रको विकास पनि अघि बढ्ने बताए।

उनले गोरखाबाट चुनाव लड्दै गर्दा प्रतिबद्धता गरेको स्मरण गर्दै त्यो योजना अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देश गरिसकेको बताए। धादिङ र गोरखाको विकासमा आफू लाग्ने जिकिर गरे।

भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रको सुधार गर्दै उद्देश्यमा आफू दृढ भएर अघि बढेको बताए।

Share This Article
Leave a Comment

Leave a Reply