2026-09-19 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जुम्लाका एक युवाको शव मलेशियामा अलपत्र

असार ११, काठमाडौँ | हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए। आर्थिक जोहो गर्न मलेशिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेशियामा अलपत्र परेको हो।

२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेशिया उडेका  थिए। देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो। उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेशियामा बस्दै आएका शाहीले जानकारी दिए।

शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको रूपमा रहेकाले डिउटीमा गएका थिए। राति कोठाभित्र उनको मृत्यु भएको रहेछ। उनले भने, ‘भोलिपल्ट मात्रै थाहा भएको हो।’

शाहीका अनुसार मृतकको शव अहिले मलेशियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ। उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन।

अहिले उक्त शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताएका छन्। मृतको शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्। उनले छिटोभन्दा छिटो शव नेपाल ल्याउन उनले हारगुहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई