अर्थमन्त्रीको प्रष्टीकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

साझासवाल
1 Min Read

असार १२, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्ट पारेका छन्।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए।

उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु। यसका कतै पनि शंका रहने ठाउँ नदिन सरकारको सम्पूर्ण कोसिस रहन्छ। हामीले पार्टीका प्रतिनिधि निर्वाचन आयोगमा गएर पनि प्रतिबद्धता जनाइसकेका छौँ। प्रधानमन्त्रीको कार्यालयमा निर्वाचन आयुक्तसँग र सदनमा पनि स्पष्ट पारेको हुँ।’

उनले जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताए।

जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र अस्तित्वको रहने जिकिर गर्दै प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट्याए।

Share This Article
Leave a Comment

Leave a Reply