२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा छिट्टै विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड

२०८०, १३ असार बुधबार ०८:१४

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो कामको विवरण प्रस्तुत गरेको बताएपछि सो को जवाफमा प्रचण्डले भने– ‘मैले विकासको तुफान आइसकेको भनेको छैन, मैले हामी सबैले दृढ इच्छाशक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असंभव छैन भन्न खोज्न हो ।

मैले निराशा र कुण्ठा हैन, अविश्वास र आशंका हैन, विश्वास र दृढताको निम्ति अपिल गरेको हो । तुफान आइसकेको छैन, तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० बर्षमा । या अरु थुप्रै कामरु जसरी सुरु भएका छन्, ती अगाडि जाने हो भने तुफान आउनचाँही सक्छ छिट्टै ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउँन राजनीतिक तहमा र सरकारमा पनि नयाँ तरिकाले छलफल थालेको बताए । सांसद रघुजी पन्तको प्रश्नमा प्रधानमन्त्री कार्यालय, सचिवालय लगायतको कामबाट सन्तुष्ट नभएको र केही गर्न चाहेको बताए । यस्तै इपिजी प्रतिवेदनको बारेमा आफ्नो तवरबाट छलफल चलाएको बताए । वैदेशिक रोजगारीको विषयमा धेरै ठगी भएको र ठोस रुपमा जानकारी गराए सरकार काम गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट