२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन भनेपछि…

२०८०, १३ असार बुधबार ०८:०९

असार १३, काठमाडौँ | सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ ।

सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ । एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अर्कोले त्यसलाई स्वीकार गरेपछि फेसबुकमा साथी बनिन्छ । यसरी साथी बन्ने अनुरोध पठाउने र स्वीकार गर्ने काम कहिलेकाहीँ दुवैजनाको सहमतिमै तत्कालै हुन्छ त कहिलेकाहीँ एकजनाले साथीका लागि प्रस्ताव गर्छ र अर्कोले त्यसलाई सोची विचारी स्वीकार वा अस्वीकार गर्न सक्दछ ।


जे भए पनि जबसम्म दुवै पक्ष सहमत हुँदैनन् तबसम्म फेसबुकमा साथी बन्न र बनाउन सकिंदैन । आफूले पठाएको रिक्वेस्ट अरुले स्वीकार गरेन वा उसले रिक्वेस्ट पनि पठाएन भने के गर्ने ? जबरजस्ती गर्ने कुरा त भएन । तर अमेरिकामा भने फेसबुकमा साथी बन्नका लागि कन्चटमै गोली ताकिएको छ ।

अमेरिकाको इण्डियानामा यो घटना भएको छ । एकजना लुटेराले एक महिलाको धनमाल लुटेसँगै उनको कन्चटमा बन्दुक ताकेर फेसबुकमा आफूलाई फ्रेण्ड रिक्वेस्ट पठाउन लगायो ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार लुटेराले कन्चटमा बन्दुक ताकेर फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन लगाएकी महिलाको नाम एम्बर बेरोन हुन् ।

हालै एकदिन कार्यालयबाट फर्किएर घरतर्फ जाने क्रममा थिइन् । त्यहीँ क्रममा एकजना बन्दुकधारी लुटेराले उनलाई बन्दुक देखायो र उनको पर्स खोस्यो । त्यसपछि हातमा समाएको सो बन्दुक बेरोनको कन्चटमा राख्दै तेरो ब्वाइ फ्रेण्ड छ कि छैन भनेर सोध्यो । अनि ब्वाइ फ्रेण्ड नभए आफूलाई फेसबुकमा रिक्वेस्ट पठाएर फेसबुक साथी बन्न आदेश दियो । लुटेराले कन्चटमा बन्दुक राखेर आदेश दिएपछि उनले बाध्य भएर उसलाई फ्रेण्ड रिक्वेस्ट पठाइन् र फेसबुकमा साथी बनिन् ।

फेसबुकमा साथी बनेपछि र पर्स लुटेपछि लुटेराले उनलाई छाडिदियो । अनि उनी डराउँदै घरमा पुगेर सबै कुरा परिवारलाई बताइन् । त्यसपछि अचानक सो व्यक्तिले उनलाई फेसबुकमा मेसेज पठायो ।

मेसेजमा उसले लेखेको थियो- शान्त होउ, मैले छिटै तिम्रो पैसा फिर्ता गर्नेछु। तिमी निकै सुन्दर छौ ।

उक्त मेसेजपछि बेरोन झनै डराइन् र तत्कालै पुलिसलाई सम्पर्क गरेर पूरै घटना बताइन् । प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्‍यो । फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनका लागि बन्दुक नै ताक्ने उक्त लुटेराको नाम डेमियन बोयस रहेछ ।

प्रहरीसँग ती व्यक्तिले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनीमाथि पुलिसले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन