असार २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका अभियुक्त केशव तुलाधर पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोभर्याङबाट पक्राउ गरेको हो ।

शरणार्थी प्रकरणमा उनको बैंक खातामा समेत कारोबार भएको पाइएको थियो ।

अन्य अभियुक्त पक्राउ परेर मुद्दा दायर हुँदा तुलाधर फरार थिए ।

तुलाधरलाई ठगी तथा संगठित अपराधको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Related News