2026-09-27 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एयर इन्डियाको विमानमा नेपालीले चुरोट खाएर शौचालयको ढोका फुटाइदिएपछि

असार २८, एजेन्सी | एयर इन्डियाका कर्मचारीले एक नेपाली नागरिकविरुद्ध विमानका क्याबिन क्रुका सदस्यमाथि दुर्व्यवहार गरेको र विमानको ढोका फुटाइदिएको आरोपमा उजुरी दर्ता गरेका छन् । सोमबार टोरोन्टोबाट एयर इन्डियाको विमान फ्लाइट ए–१८८ मा नयाँ दिल्ली आउँदै गरेको विमानमा एक नेपाली नागरिकले हंगामा मच्चाएका थिए | 

क्याबिन क्रुका सदस्य तथा उजुरीकर्ता आदित्य कुमारका अनुसार नेपालका महेश सिंह पण्डित नामका नेपाली नागरिकले पहिले २६ ई बाट २६ एफमा सिट परिवर्तन गरे र इकोनोमी क्लासका चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । 

पीडित केबिनका सुपरभाइजर आदित्य कुमारले प्रहरी चौकीमा उजुरी दिएका छन् । दर्ता गरिएको एफआईआर अनुसार महेश पण्डित नाम गरेका नेपाली यात्रुले आफ्नो सिट परिवर्तन गरे र त्यसपछि केबिन चालक दलका सदस्यहरूसँग दुर्व्यवहार गरे। दर्ता गरिएको एफआईआरमा भनिएको छ कि पाइलटले बुझाएपछि पनि यात्रु मानेनन् र दुर्व्यवहार गर्न थाले।

चालक दलका सदस्य आदित्यले उनलाई त्यसो गर्नबाट रोकेपछि महेशले उनलाई धकेल्न थाले । आदित्यले सिनियर पाइलटलाई यसबारे गुनासो गरेपछि महेश केही बेर शान्त भए । केही समयपछि महेशले शौचालयमा धुम्रपान गर्न थाले । धुवाँको अलार्म बज्दा उनलाई चालक दलका सदस्यहरूले शौचालयभित्र चुरोट र लाइटरसहित समातेका थिए । उनलाई रोक्न खोज्दा उनले शौचालयको ढोका आफैँ तोडिदिए । त्यसमा महेश पण्डितलाई रोक्न अन्य यात्रु आएपछि उनले उनीसँग पनि झगडा गर्ने प्रयास गरे । त्यसपछि उनलाई कुनै न कुनै रूपमा नियन्त्रणमा लिई दिल्ली पुगेपछि प्रहरीको जिम्मा लगाइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह