शंकर पोखरेलको टिप्पणी : विदेश जान रोक्छु भन्ने नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

साझासवाल
1 Min Read

साउन २, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीने नेपालीको संख्या झन् बढेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि झन् विदेश जानेको संख्या बढेको बताएका हुन्। उनले एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने बताए।

‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ। तर तथ्यहिन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए। तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन्बढ्यो। के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?,’

उनले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उल्लेख गरेका छन्।

Share This Article
Leave a Comment

Leave a Reply