<p><b>साउन ५, काठमाडौँ | </b>सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पाँचै जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज गरिदिएको छ ।<br></p><p>ललिता निवास प्रकरणमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रटीकाराम घिमिरेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।</p><p>त्यस माथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दा खारेज गरेको हो ।</p>
Related News


