कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर"/>
2026-06-25 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीको सरकारी सुविधा रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

2016-10-21

कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित भएका लोकमानसिंह कार्कीलार्इ दिइएको सम्पूर्ण सरकारी सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले आज दिउँसो सर्वोच्च अदालतमा कार्कीलाई राज्यले दिँदै आएको सेवा सुविधा तत्काल रोक्न अन्तरिम आदेशको माग गर्दै पूरक निवेदन दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतमा कार्कीको नियुक्तीको विषय विचाराधीन रहेको र सदमा एक चौथाइ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गरेपछि कार्कीलाई प्रमुख आयुक्तको हैसियतले कार्यसम्पादन गर्न रोक मात्र लगाइएको तर आफूले उनलाई निलम्बन नै गर्न माग गरेको अर्यालले बताए । उनले पुनरावेदन निवेदनकै अंशको रुपमा यो निवेदन पनि दायर  गरेका हुन् ।

लोकमानले उक्त पदमा रहे अथवा सरकारी सुविधा पाइरहे आफूविरुद्धका प्रमाण नष्ट गर्न सक्ने जिकिर उनले गरेका छन् । निलम्बित कार्कीलाई अख्तियारकै आवासलगायत साविकको सुविधा उपभोग गर्ने छुट दिए मुद्दामै प्रभाव पर्ने गरी प्रमाण नष्ट गरिसक्ने अर्यालको दावी छ ।

'लोकमानसिंह कार्कीज्यूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदको अधिकार वा हैसियत प्रयोग गर्न नपाउने गरी निलम्बन गर्न, सो पदको जिम्मेवारी वहन गर्न नपाउने, निजले पाई रहेको सेवा, सुविधा, सुरक्षाकर्मी, सरकारी आवास लगायत कुनै पनि सुविधा प्रयोग गर्न नपाउने गरी तत्काल अन्तरकालिन आदेश जारी गरि पाउँ,' निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक