2026-09-21 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय विकास प्रबन्धक र राकुटेन भाइबरका लागि नेपालका देश प्रतिनिधि क्षितु रिसालले सहयोगका विषयमा सम्झौता गरेकी हुन् ।

बोर्डको आधिकारिक भाइबर प्लेटफर्मः नेपालनाउ बाइ एनटीभी अन्तर्गगत पर्यटन उद्योग, देशका पर्यटक र आम जनता र विश्वभरका नेपालीहरूबिच दैनिक सञ्चार र पर्यटन अद्यावधिकहरू सहित पर्यटन जानकारीको प्रसारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

च्यानललाई नेपालको विभिन्न भागमा रहेका पर्यटकीय गन्तव्य, नयाँ उत्पादन, प्याकेज, गतिविधि र अनुभवका बारेमा नवीनतम समाचार र अपडेटहरू आदान प्रदान गर्न पनि प्रयोग गरिनेछ । साझेदारीको अवधिमा पर्यटन प्रवर्द्धन अभियान र स्टिकर प्याकहरू पनि सञ्चालन गरिनेछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशीले भाइबरसँगको सहकायले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा आशावादी रहेको बताए ।

‘भाइबर धेरै लोकप्रिय प्लेटफर्म हो । यसले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा अझ बढि ब्रान्ड भिजिबिलिटी बनाउनुका साथै हाम्रा उत्पादन र अनुभवहरूलाई विविधीकरण गर्न मद्दत गर्नेछ भन्नेमा हामी सकारात्मक छौं । हामी पूरक र क्रस कटिङ सञ्चारका लागि ट्राभल ब्लगरहरू, सामग्री सिर्जनाकर्ताहरू, टुर अपरेटरहरू र यात्रुहरूको साथ एक गतिशील समूह सिर्जना गर्ने योजनामा छौं । डिजिटल एक्सचेन्ज र एआईको युगमा, हामीले हाम्रा दर्शकहरूलाई थप आकर्षक र व्यक्तिगत रूपमा पुग्न त्यस्ता लोकप्रिय च्यानलहरूको प्रयोग गर्नु महत्वपूर्ण हुनेछ,’ उनले भने ।

एपीएसी, राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले राकुटेन भाइबर विगत केही वर्षदेखि नेपालको पर्यटन उद्योगलाई सहयोग गर्न प्रतिबद्ध रहको बताए ।

उनले आफ्नो प्लेटफर्म मार्फत देशको आश्चर्यजनक परिदृश्य र अद्वितीय अनुभवहरू प्रदर्शन गर्ने लक्ष्य राख्ने धारणा राखे । राकुटेन भाइबर नेपाली उपभोक्ताहरु माझ सबैभन्दा रुचाइएको सञ्चार एप हो र हालै विगत छ महिनामा नेपालका छ वटा बिभिन्न सरकारी निकायहरुसंग साझेदारी गरेको भाइवरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो