पुस २५, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद धनराज गुरुङ्ले लोकमानलाई सर्वोच्चले पदमुक्त गरेपनि यसलाई यतिकैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै लोकमानलाई संसदबाटै महाभियोग लगाउनुपर्ने बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङ्ले भने,‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग लगाएर छोड्नुपर्छ ।’

उनले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै आवश्यकत्ता नै नरहेको जिकिर गरे। उनले भने,‘म संशोधन विद्येयकको पक्षमा छैन, सर्वस्विकायको नाममा संविधान संशोधन गर्ने कुरा अहिले संभव छैन, दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ ।’ उनले एमालेजस्तो पार्टीलाई बाहिर राखेर वा सहमति नगरीकन संशोधन गर्नुको कुनै अर्थ नहुने जिकिर गरे ।