माघ २९, वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर "/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेल मार्ग निर्माण प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री

२०७३, २९ माघ शनिबार ०९:४२

माघ २९, वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन् । 

राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौँ–निजगढ द्रुत मार्ग तथा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा आर्थिक विकास तथा विकास निर्माणको कामलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताए । 

आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखिएको बताए । 

आफू प्रधानमन्त्री बनेदेखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको स्मरण गराउँदै उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता व्यक्त गरे। 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा तनियावस्ती उठीवास हुने भएकाले सो समस्याप्रति सरकार गम्भीर छ भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त वस्तीको समस्या समाधान हुने बताए। द्रुतमार्गको निर्माण चाँडोभन्दा चाँडो सुरु गर्नुपर्ने माग राख्दै विगत आठ दिनदेखि अनशनमा बसेका स्थानीयवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक महिनाभित्र सो आयोजनाको काम सुरु हुने जानकारी दिदै अनशन तोड्न आग्रह गरे।

कार्यक्रममा सांसद रामअयोध्याप्रसाद यादवले संविधान संशोधन प्रक्रिया अविलम्ब अघि बढाइ जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्न माग गरे।

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–निजगढ तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माण सुरु हुनुपर्ने माग राख्दै स्थानीयवासी यही माघ २२ गतेदेखि अनशनमा बस्दै आएका छन् । प्रधानमन्त्री दाहालले आजै बाराको सिम्रनगढमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘माछा जोन’को उद्घाटन गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ