फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर"/>
2026-06-27 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कब्जा गर्न खोजिएको भन्दै राप्रपामा लोहनीको उम्मेद्वारी घोषणा

2017-02-17

फागुन ६, काठमाडौं । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. लोहनीले पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् । 

बुधबार साँझ लोकेन्द्र बहादुर चन्दको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेद्वारी दिएको बताए । उपाध्यक्ष र महामन्त्री कम्तिमा दुईजना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने भन्दै उनले यस अघिको असहमति जनाएका हुन् ।

डा. लोहोनीले भने,‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भिर असन्तुष्टि छ, पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छ? यस्तो एकतन्त्रिय पार्टीको निमार्ण राप्रपाका लाखौ कार्यकर्ताले चाहेका छैनन् ।’

उनले अघि थपे,‘अहिलेको पार्टीको विधान अनुसार कार्यकर्ताहरू कसैको हनुमान भएर बस्नुपर्ने हुन सक्छ, पुरानो सहमति पनि कार्यन्वयन हुनुपर्छ, आधा पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट चुनिनुपर्छ भन्ने मेरो माग हो, पार्टीको नयाँ विधानमा सबै सदस्य मनोनितको व्यवस्था छ, त्यसैले पनि कमल थापालाई अध्यक्ष बनाउने सहमतिको कुनै अर्थ छैन ।’

डा. लोहनीले भने,‘अहिले पार्टी एकता होईन पार्टी विलयजस्तो भएको छ, हामी त्यस्तो हुन दिदैनौँ, हजारौ कार्यकर्ताको उत्साहलाई मर्न दिने छैनौ, यूवाहरूलाई स्थान दिनुपर्छ, प्रजातिन्त्रक रुपमा पार्टीलाई अघि बढाउने र भोलि पार्टी टुटफुटबाट बचाउनलाई पनि मेरो उम्मेदारी हो, महाधिवेशनमा मेरो जित सुनिश्चित छ ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते पार्टीको एकता भएको भने एकताको महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ