प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाका"/>

2026-06-26 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगै लगिने: प्रधानमन्त्री दाहाल

प्रज्वल पाैडेल । फागुन ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । शुक्रबार राजधानीमा राप्रपाकाे एकता सभामा शुभकामना दिदै दाहालले सबैलाई सहमतिमा ल्याएर चाडै मिति घाेषणा गरिने बताउनुभयाे । उहाँले भन्नुभयाे- "संविधान जारी गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री सुशील काेइराला, एमाले अध्यक्ष अाेली र अाफ्नाे दलले असन्तुष्ट पक्षलाई समेट्न संशोधनको प्रतिवद्धता जनाएको भन्दै त्यस अनुसार नै सरकारले प्रस्ताव ल्याएको हाे । "

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले संविधान संशोधनमा सहयोग गर्न राप्रपालाइ अाग्रह गर्नुभयाे । दाहालले भन्नुभयाे – "म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर, तपाँइहरुसँग सैद्धान्तिक मतभेद छ, तर राप्रपा भनेपछि कता कता नजिक नजिक जस्तो लाग्छ। मिलौँ मिलौँ लाग्छ, कता हो कता भावनाले छुन्छ। टाढा नजानुहोला।"

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अाेली बिच शुभकाकना मन्तव्यकाे क्रममा नै दाेहाेरी चलेकाे छ। राप्रपाको सबैभन्दा धेरै भोट झापामा आएको स्मरण गराउदै देउवाले भन्नुभयाे -अाेली जी होस गरे हुन्छ ।

केही समय अगाडि ओलीले महाभियोग र संविधान संशोधनका विषयमा स्पष्ट हुन नसकेकाले राप्रपाले स्पष्ट नीति लिए अरूलाई धक्का दिने बताएका थिए । देउवाले सबैकाे माग सम्बाेधन गरेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयाे । एउटै मञ्चमा बसेपनि देउवा र अाेली खुलेर वार्तालाप गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ