2026-11-02 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्पकालीन ब्याजदर घट्दै, २८ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट ६ प्रतिशतभन्दा तल

माघ १८, काठमाडौँ | बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् ।

नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ दिन अवधिको ट्रेजरी बिल न्यूनतम ५.३७ प्रतिशत डिस्काउन्ट रेटमा नै बैंकहरुले बोलकबोल पेश गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा डिस्काउन्ट रेट औसत ५.९० प्रतिशत कायम हुँदा अधिकतम ७.४५ प्रतिशत कायम भएको छ ।

यस्तै मंगलबार नै ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा त्यसको ब्याजदर पनि अघिल्लो साताको भन्दा घटेको छ । गत साता १० माघमा ९१ दिनको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.८१७२ प्रतिशत रहेकोमा मंगलबार घटेर ९.१८७९ प्रतिशतमा झरको छ । मंगलबार ९१ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट अधिकतम १०.०४९१ प्रतिशत र न्यूनतम ८.२४६६ प्रतिशतसम्म कायम भएको छ ।

१८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर भने अझै पनि दोहोरो अंकमा रहेको छ । यसले बैंकहरु छोटो अवधिका लागि तरलता सहज भएपनि केही महिनामा नै तरलतामा दबाब पार्नसक्ने विश्लेषणमा रहेको देखाउँछ । मंगलबार १८२ दिनको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुँदा औसत डिस्काउन्ट रेट १०.३६८४ प्रतिशत कायम भएको छ । जसका लागि बैंकहरुले अधिकतम ११.०७ प्रतिशत र न्यूनतम ९.०९५७ प्रतिशत ब्याजदरमा बोलकबोल पेश गरेका थिए ।

मंगलबार नै राष्ट्र बैंकले ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल गरेर ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । जसको औसत डिस्काउन्ट रेट १०.३७१५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलमा बैंकहरुले अधिकतम १०.७१८७ प्रतिशत र न्यूनतम ९.५०५९ प्रतिशत ब्याजदरकबोल गरेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिललाई छोटो अवधिको ब्याजदर कता जाँदैछ भनेर हेर्न आधारको रुपमा पनि लिने गरिन्छ । एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासपछि बैंकिङ प्रणालीमा देखिएको तरलता अभवासँगै सरकारी ऋणपत्रको ब्याजदर दोहोरो अंकमा पुगेको थियो । पछिल्लो समय बैंकहरुको आधारदर सँगै बेसरेटमा भएको वृद्धिले कर्जाको माग नहुनु र निक्षेप बढ्दै जाँदा बैंकहरुमा तरलता सहज अवस्थामा छ । १६ माघमा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४६ प्रतिशत छ । यस्तै अन्तर बैंक ब्याजदर ४.०९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द