चैत २२, लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताउनुभएको छ । 

सद्भावना पार्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताउनुभएको छ । 

सद्भावना पार्ट"/>

2026-06-28 04:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबर्जस्ती निर्वाचन गराए मुलुक द्वन्द्वमा फस्छ: महतो

2017-04-04

चैत २२, लुम्बिनी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताउनुभएको छ । 

सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो— “मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन् ।” 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहनुभएका अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको उल्लेख गर्दै मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चामा निर्वाचनमा सहभागी हुँदैन् भन्नुभयो । 

“संशोधनबिना गरिने चुनावले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, हामी पनि निर्वाचन चाहन्छौँ, तर पहिला संविधान संशोधन गरेरमात्र निर्वाचन गर्नुपर्छ,” उहाँले भन्नुभयो— “सीमाङ्कनको टुङ्गो नलगाई संविधान संशोधन गरिए त्यो मोर्चालाई मान्य हुन सक्दैन् ।” 

अध्यक्ष महतोले मोर्चाले उठाएका सबै माग समेटेर संविधान संशोधन गरिए निर्वाचनमा जाने वातावरण बन्छ भन्दै निर्वाचनमा जाने वातावरण भए मोर्चामा आबद्ध दलहरु एकढिक्का भएर सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । 

जनसङ्ख्याका आधारमा गाउँपालिका बनाउनुपर्ने र मधेस अझै पनि आन्दोलनमा नै रहेकाले छुटेका नागरिकलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी