2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय चुनावमा उठ्न तीन शिक्षकको राजीनामा

चैत २२, काँकडभिट्टा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । 

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् । 

उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा (एमाले)बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् । “मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो”, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भन्नुभयो – “अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।” 

उहाँ काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुट्नुभएको छ । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उहाँको आशा छ । 

त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)बाट उम्मेदवार बन्ने तयारी गर्दैहुनुहुन्छ । छब्बिस वर्ष शिक्षण पेसामा बिताउनुभएको ५२ वर्षे रोक्का भन्नुहुन्छ– “पार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु ।”

यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिनुभएको छ । 

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । उहाँ भन्नुहुन्छ– “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।” 

तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई