असोज १४, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।