चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वा"/>

2026-06-28 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस्’

2017-04-10


चैत २८, काठमाडौँ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ । 

निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ । मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै रुपमा दुईदिने प्रशिक्षण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । 

प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण तालिम प्रदान गर्नेछन् । 

नेपालको संविधानअनुरुप स्थानीय सरकार निर्माणका लागि हुन लागेको पहिलो निर्वाचन मुलुकका चार महानगरपालिका, १३ उपनगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिकामा एउटै समयमा एकैचरणमा हुनेछ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त प्रशिक्षण तालिममा आज धुलिखेलमा उद्घाटन गर्दै समग्र मुलुक निर्वाचनमय बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो– “राजनीतिक असन्तुलनको वातावरण सन्तुलित हुँदै गएको छ, मुलुकभर शान्ति सुरक्षाको वातावरण अनुकूल नै छ, त्यसैले निर्वाचनमा खटिने कर्मचारी र मतदाताले डराउनुपर्ने अवस्था छैन ।” 

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनको जिम्मेवारी पूरा गर्न तटस्थ रहेर काम गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो–“कुनै पनि उम्मेदवार र राजनीतिक दलसँग अब साँठगाँठ नगर्नुहोला, निर्वाचनका लागि जारी भएको आचारसंहिताको परिधिमा कर्तव्यपालन गर्नुहोला । 

निर्वाचनको सन्दर्भमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्दै आन्तरिक खर्च व्यवस्थापनमा मितव्ययी गर्ने आयोगको स्पष्ट नीति रहेको बताउँदै प्रमुख आयुक्त डा यादवले संविधान कार्यान्वयको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई स्थायित्व प्रदान र सुदृढ तुल्याउने अभियानमा जुट्न आह्वान गर्नुभयो । 

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनमा एकमतको महत्वबारे जिल्लाका मतदातालाई प्रशिक्षित तुल्याउने काम भइरहेको जनाउँदै यो निर्वाचनलाई गाउँमा राजनीतिक दलका उम्मेदवारबीच इज्जत र प्रतिष्ठाको लडाइँका रुपमा हेरिने भएकाले त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइनेछ भन्नुभयो । 

उच्च सरकारी वकिल कार्यालय पाटनका सह–न्यायाधीवक्ता नारायणप्रसाद पौडेलले निर्वाचनमा खटिने कर्मचारीको निष्पक्षताले निर्वाचन आयोगको निष्पक्षताको प्रतिविम्ब गर्ने भएकाले राज्यले सुम्पिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकारेर निर्वाचनको महाअभियानमा समाहित हुन आग्रह गर्नुभयो । 

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्रको काम कार्यतालिकाअनुसार नै घनिभूतरुपमा अघि बढिरहेको जानकारी दिनुभयो । उक्त तालिममा यस क्षेत्रका दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, रसुवा, धादिङ, रौतहट, ललितपुर र काठमाडौँ जिल्लाका १०९ जनाको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी