३५ वर्षको राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद हासिल गरेनन् । कहिल्यै राजनीति र जनसेवाभन्दा अलग बसेनन् । राजनीतिका सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा उनको बाम राजनीति प्रतिको लगाव घटेन । तिनै सादगी जीवनका धनी, कम्युनिष्ट आदर्शक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३५ वर्षको राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद हासिल गरेनन् । कहिल्यै राजनीति र जनसेवाभन्दा अलग बसेनन् । राजनीतिका सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा उनको बाम राजनीति प्रतिको लगाव घटेन । तिनै सादगी जीवनका धनी, कम्युनिष्ट आदर्शक"/>
२०८३, २० बैशाख आईतवार
पर्बत - PBT

सादगी जीवन र कम्युनिष्ट आदर्शका बिम्व पौडेल

२०७४, २४ बैशाख आईतवार ०६:५५

३५ वर्षको राजनीतिक जीवनमा उनले कहिल्यै लाभको पद हासिल गरेनन् । कहिल्यै राजनीति र जनसेवाभन्दा अलग बसेनन् । राजनीतिका सजिला र अप्ठ्यारा दुवै परिस्थितिमा उनको बाम राजनीति प्रतिको लगाव घटेन । तिनै सादगी जीवनका धनी, कम्युनिष्ट आदर्शका बिम्व मनबहादुर पौडेल मोदी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट प्रमूखको प्रतिस्पर्धामा उम्मेदवारी दिएका छन् ।

पिता दानबहादुर पौडेल, माता रत्न कुमारी पौडेलको कोखबाट जन्मिएका ५४ वर्षीय पौडेल बाम राजनीतिक एक सदाबहार व्यक्तित्व हुन् । २०३८ सालमा नेकपा सर्वहारावादी श्रमिक संगठनको सदस्यबाट कम्युनिष्ट आन्दोलनमा क्रियाशील भएका उनी २०४७ सालमा एकता केन्द्रको सदस्य हुँदै २०५६ संयुक्त जनमोर्चा नेपालको तर्फबाट सांसदमा उम्मेदवारी दिएका थिए । बामपन्थी जनमत बढाएको र कम्युनिष्ट आन्दोलनमा लागेको अभियोगमा उनी पटकपटक गिरफ्तार भई जेल जीवन बिताएका थिए । तर, त्यसबाट उनी कहिल्यै पनि बिचलित भएनन् ।

२०६२÷०६३ सालको जनआन्दोलनमा जनसागर उतार्न उनले निकै मेहेनत गरे । श्रमप्रति विश्वास गर्ने, निष्ठा र त्यागलाई नै राजनीति ठान्ने उनी कहिल्यै प्रलोभनमा परेनन्, निष्ठा बेचेनन् र प्रजातान्त्रिक र पुरातनपन्थी खेमाबाट गरिएका अवरोधसामू गलेनन् । हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य र अखिल नेपाल किसान संगठन क्रान्तिकारी केन्द्रको केन्द्रीय सचिवालय सदस्य समेत रहेका उनी माओवादी केन्द्र मोदी गाउँपालिकाका अध्यक्ष पनि हुन् । त्याग, निष्ठा र समर्पणकै कारण माओवादी केन्द्रले पौडेललाई गाउँपालिका प्रमूखको उम्मेदवार बनाएको छ ।

उनमा कुनै तडकभडक छैन । सादा जीवन जिउन मन पराउँछन् उनी । षड्यन्त्र, जालझेल, गुट निर्माण र छक्कापञ्जा उनी जान्दैनन् र रुचाउँदैनन् पनि । जति गर्छन्, आफ्नो निष्ठा र स्वाभिमानकै बलमा गर्छन् । राजनीतिका ठूला कुरा गरेर श्रमप्रति पिठ्यू फर्काउने राजनीति उनलाई मन पर्दैन । परिवार र राजनीतिको उनको आफ्नै तालिका छ, त्यही तालिकामा चल्छन् पौडेल । राजनीति, समाजसेवा, श्रम र परिवारको व्यवस्थापन सबै कुरामा आफूलाई अभ्यस्त बनाउँछन् ।

स्थानीय तहको चुनाव आयो, कांग्रेस, एमालेका नेताहरु टिकट माग्न नेताहरुको दैलो ढुके, गुट बनाए, धर्ना दिए । तर, उनी शान्त तलाउझैं पार्टीले दिएको जिम्मेवारीमै क्रियाशील भए । अन्ततः पार्टीले उनको योगदानको कदर गर्यो र प्रमूखको उम्मेदवार बनायो । यिनै मृदुभाषी, शान्त स्वाभाव, शालिन र सदाबहार कम्युनिष्ट आदर्शका बिम्व मनबहादुर पौडेल अहिले प्रमूखको उम्मेदवारका रुपमा जनताको दैलोमा पुगिरहेका छन् ।

मतदातालाई उनले ठूलो सपना बाँडेका छैनन्, जे सकिन्छ त्यो मात्र बोल्छन् उनी । जितेपछि के गर्नुहुन्छ त ? पौडेल भन्छन्, ‘म एक किसानको छोरो, कृषिमार्फत् आत्मनिर्भरता र रोजगारी सिर्जना मेरो पहिलो दायित्व हुन्छ । गाउँपालिकाका मूख्य सडकहरु कालोपत्रे गर्ने योजना छ, सडक नपुगेका ठाउँमा सडक सञ्जाल बिस्तार गर्छु । खानेपानी, सिंचाई, नदी नियन्त्रण मेरो प्राथमिकतामा छ, स्थानीय साधन स्रोतको उपयोग र परिचालनको वैज्ञानिक नीति बनाउँछु । किसान, युवा, दलित र महिलाहरुको जीवन स्तर उकास्न, रोजगारी सिर्जना गर्न र अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउँछु ।’

Image may contain: 2 people, text

पौडेल थप्छन्, ‘मोदी गाउँपालिका उर्जा र पर्यटनका दृष्टिले धेरै सम्भावना बोकेको ठाउँ हो । जलविद्युतको सही व्यवस्थापनको नीति बनाउँछु, उत्पादनको प्रक्रिया अघि बढाउँछु । होमस्टे, पर्यटन पदमार्गको विकास, पर्यटनमैत्री पूर्वाधार, जनचेतना र आकर्षणका विविध कार्यक्रम अघि सार्छु । शिक्षा र स्वास्थ्यमा पूर्वाधार खडा गर्छु, गुणस्तर अभिवृद्धि गर्छु । अरु कुरा हाम्रो पार्टीले २७ बूंदे प्रतीज्ञा पत्रमा उल्लेख गरेको छु, त्यसको कार्यान्यवन गर्नु नै मेरो मूख्य लक्ष्य हुनेछ ।’

मोदी गाउँपालिकाको प्रमूख दावेदार शक्ति कांग्रेस, एमाले र माओवादी केन्द्र नै हुन् । अहिले मोदी गाउँपालिकामा केन्द्रको तर्फबाट २५ करोडभन्दा बढी बजेट आएको छ । ती सबै योजनाको अनुगमन गरिरहेका छन् पौडेल । पौडेल भन्छन्, ‘केन्द्र र स्थानीय स्रोतको तालमेलबाट गाउँपालिकालाई समुन्नत बनाउँछु । यो नै मेरो अबको सपना हो ।’ आफ्नो सफलतालाई सार्थकतामा बदल्न उनलाई सफलता मिलोस्, पौडेललाई मेरो पनि शुभकामना ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो