By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    10 minutes ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    57 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    6 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    23 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज
काठमाडौँ - KTMराजनीति

राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज

साझासवाल
Last updated: April 19, 2017 1:08 am
साझासवाल
6 Min Read
Share

(भरत केसी) | बैशाख ६, नयाँदिल्ली | राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय समकक्षी प्रणव मुखर्जीले आज रात्रिभोजको आयोजना गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्न तथा सामाजिक–आर्थिक क्षेत्रमा वास्तविक रुपान्तरण ल्याउनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल, शान्तिको दर्शनको मुलुकका तर्फबाट स्वागत गर्दै दिगो आर्थिक विकासका लक्ष्यमा पुग्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले आन्तरिक स्रोतको परिचालन तथा अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यबाट हामीले सामाजिक–आर्थिक विकास गर्न चाहेका छौँ भन्नुभयो । 

नयाँ संविधान जारी भएपछि लोकतन्त्र तथा समावेशी सरकार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले संविधानले तल्लोस्तरका जनताका राजनीतिक एवम् आर्थिक स्तरमा सबलीकरण भएको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामी महिला तथा सबै क्षेत्रका जनतालाई मूलधारमा ल्याई गरिबी, अशिक्षा र विभेद अन्त्य गरी महिला, सीमान्तकृत, अल्पसङ्ख्यक समुदायलाई निर्णय गर्ने मुख्य स्थानमा ल्याउन चाहन्छौँ ।” 

राष्ट्रपति भण्डारीले संविधानबमोजिम सबै तहका निर्वाचन गरी नेपाललाई तीव्र आर्थिक वृद्धितर्फ केन्द्रित गर्ने स्पष्ट गर्नुभयो । 

नियमितरुपमा भएको दुई देशका उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा विशिष्टता कायम गरेको भन्दै उहाँले राष्ट्रपति मुखर्जीबाट केही समयअघि भएको सफल नेपाल भ्रमणको स्मरणसमेत गर्नुभयो । राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा गर्नुभएको नेपालको भ्रमणको समेत स्मरण गर्नुभयो । 

उहाँले यस्ता महत्वपूर्ण भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दुई मुलुकबीच भएका यस्ता बहुआयामिक सम्बन्धले आपसी भाइचारा तथा सहकार्यको मजबुद जग बसेको छ भन्नुभयो । 

सार्वभौम समानता, आपसी सम्मान, परस्पर फाइदा तथा स्पष्ट बुझाइ एकअर्काका महत्वकांक्षा भएको उल्लेख गर्दै उहाँले यस्ता विषयले ऐतिहासिक, आर्थिक, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो । 

आपसी सम्बन्धका आधारमा दुई मुलुकबीचको असल सम्बन्धलाई विश्वास तथा भरोसामा लैजान सकिने बताउँदै उहाँले आगामी दिनमा उन्नति र समृद्धिमा अझ सङ्गठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल अतिकम विकसित मुलुक भएकाले तीव्र सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने उल्लेख गर्दै उहाँले नेपालको लक्ष्य प्राप्तिका लागि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । 

नेपालको पूर्वाधार विकासमा भारतको सहयोग वृद्धि भइरहेको भन्दै राष्ट्रपति भण्डारीले अन्य क्षेत्रमा पनि सहायता विस्तार गरेर आपसी फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । 

दुई वर्षअघि नेपालमा गएको विनासकारी भूँइचालोले निम्त्याएको विपत्मा मित्र राष्ट्र भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले पुनःनिर्माण अभियानमा पनि पु¥याएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले पछिल्लो दशकमा समृद्धिमार्फत आर्थिक शक्तिमा उदय भएको भारत र भारतीय जनताको २१ औँ शताब्दीमा निरन्तर प्रगतिको कामना गर्नुभयो । 

यसअघि रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले केही महिनाअघि आफूले नेपालको राजकीय भ्रमण गरेको स्मरण गर्दै भ्रमणका अवसरमा आपूmलाई दिइएको भव्य आतिथ्य र स्नेह आफ्नो मष्तिस्कमा ताजै रहेको बताउनुभयो । 

उहाँले दुई देशबीच अद्धितीय र उदाहरणीय सम्बन्ध रहेको बताउँदै सो सम्बन्धलाई अझ बल दिन हामीहरुले सबै अवसर खोज्नुपर्ने र एकआपसको साझा हितका लागि सहयोगका नयाँ तरिकाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, –“नेपालको सामाजिक–आर्थिक विकासमा भारतको स्थायी रुची छ, दुई देशको खुसी, सरक्षा र कल्याण परस्परमा जोडिएको छ, नेपाली जनता र सरकारको प्राथमिकताअनुसार सबै सम्भावित सहायताका लागि भारत प्रतिबद्ध छ ।” 

नेपाली जनताको उद्यम र उपलब्धिको प्रशंसा गर्दै उहाँले आफ्नो बुद्धिमता तथा लचिलो सम्बाद र समझदारीद्वारा आम सहमति बन्ने कुरा सफल हुने विश्वास व्यक्त गर्दै सङ्घीय र लोकतान्त्रिक ढाँचाभित्र आफ्नो समाजको सबै वर्गलाई साथै लिएर आफ्नो उद्देश्य पूरा गर्र्ने छन् भनी नेपाली जनतालाई शुभकामना पनि दिनुभयो । 

भारतीय राष्ट्रपति मुखर्जीले दुवै देशका जनता, आतङ्कवादको सबै रुप र अभिव्यक्तिको विरोध गर्दछन् भन्दै हामीहरुका लागि विकास र प्रगति नै सर्वाधिक महत्वपूर्ण रहेको र साझा उद्देश्य प्राप्त गर्न एकआसमा सहयोग रहिरहने बताउनुभयो । 

उहाँले भारतको प्रभावशाली आर्थिक अवस्थाबाट नेपाललाई लाभ उठाउन पनि आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीको यो भ्रमणले हाम्रो विशेष सम्बन्धको पुनः पुष्टि गरेको र हाम्रो बहुमुखी साझेदारीलाई अझ बढी बढावा दिने अवसर प्रदान गरेको पनि बताउनुभयो । 

क्षेत्रीय र उपक्षेत्रीय सहयोगको माध्यमबाट हाम्रा साझा हितको विकसित गर्न भारत चाहन्छ भन्दै दुवै देशका जनता र समग्र क्षेत्रको अझ राम्रो भविष्यका लागि छिमेकी देशहरु मिलेर काम सक्ने उल्लेख गर्नुभयो । 

राष्ट्रपति भवनमा आयोजना गरिएको सो रात्रिभोजमा भारतका उपराष्ट्रपति मोहमद हमिद अन्सारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह उपस्थित हुनुहुन्थ्यो । 

त्यसैगरी सो रात्रिभोजमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दिपक अधिकारीलगायत भ्रमण टोलीका उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहको थियो । 

यसअघि राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय उपराष्ट्रपति हमिद अन्सारीबीच पनि शिष्टाचार भेटवार्ता भएको थियो । 

भेटमा नेपाली भ्रमण दलका सदस्य परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय, राष्ट्रपति कार्यालयका वैदेशिक मामिला सल्लाहकार डा मदनकुमार भट्टराई, राष्ट्रपतिका मुख्यस्वकिय सचिव भेषराज अधिकारी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको उपस्थिति रहेको थियो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नयाँ शक्तिका निर्मल भट्टराईलाई पार्टीबाटै बर्खास्त !
Next Article कैलाश विकास बैंकका शाखा म्यानेजरद्वारा करोडौं झ्वाम पारेर बेपत्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

केपी ओली-नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता, के भयो छलफल ?

57 years ago
राजनीति

जनमोर्चाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

57 years ago
काठमाडौँ - KTMराजनीति

सांसदलाई ज्येष्ठ सदस्य ठाकुरबाट शपथ

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रहरीभित्रका यी बाघ: जसले हाँसी हाँसी बर्दी फुकाले

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?