2026-07-11 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवासँग सहकार्य र संघर्षको सम्बन्ध कस्तो रहन्छ ?

2021-12-15

मङ्सिर २९, काठमाडौँ | नेपाली काँग्रेसका नेता गगन थापाले अब कुनै गुटको होइन, समग्र काँग्रेसको सभापति बन्न नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। समूहका तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिन आज आयोजित कार्यक्रममा उनले भने, ‘सभापतिलाई खुला आग्रह छ, अब धेरै कुरा नयाँ इनिङ्समा बदल्नुपर्छ, अब गुटको सभापति होइन, सिंगो काँग्रेसको सभापति बन्नुपर्छ, सबैको सभापति बन्नुपर्छ।’

थापाले पार्टीलाई मजबुद बनाउने कुरामा देउवासँग सहकार्य हुने र पार्टी हितविरुद्ध हुने कार्यमा संघर्ष हुने बताए। ‘अब शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ। राम्रो काममा सहकार्य, नराम्रो काममा संघर्ष। शेरबहादुर देउवा हामी सबैको सभापति हो। पार्टीलाई सफा, पवित्र बनाउने कुरामा उहाँलाई सम्पूर्णरुपमा सहयोग हुन्छ,’ उनले भने।

उनले नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भए पनि १४औं महाधिवेशनमा नेतृत्व बदल्ने प्रयास भए पनि नसकेको स्वीकार गरे। थापाले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० भागबण्डा खोज्नु नहुने बताए। पार्टीमा अब गुटलाई बिर्सेर विधिको आधारमा निर्णय लिनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो