प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए

साझासवाल
1 Min Read

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन् । आइतबार झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले सूचना र प्रविधि लगायतका क्षेत्रमा मुलुक निकै अगाडी रहेको भन्दै हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए ।

उनले मुलुकका ७७ जिल्लामा फोरजी सेवा पुराउन सफल भएको र अव फाइभजीको विकासतर्फ लागेको उल्लेख गरे । उनले गौरिगंञ्जको छोटी भन्सार तीन किलोमिटर वर रहेकाले त्यसको अर्थ नहुने भन्दै सीमामा राख्नुपर्ने धारणा राखे । देशभित्र भन्सार कहाँ राख्ने भन्ने कुरा आफैले निर्णय गर्ने भन्दै उनले अरूले सिकाउनु नपर्ने जिकिर गरे । उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताए ।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

Share This Article